पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँले घटेको छ।
नेपाल आयल निगमका अनुसार प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७१ रुपैयाँमा झरेको छ। डिजेल र मट्टितेलको मूल्य भने १५९ रुपैयाँबाट घटेर १५४ रुपैयाँ कायम भएको छ।
भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
घटेको मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।