प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताए ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताए । उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गरे । उनले लगानी प्रवद्र्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको बताए । उनले सरकार निजी क्षेत्रको प्रवद्धन पक्षमा रहेको पनि बताए ।
उनले भने,’सरकारले देशभित्र र देश बाहिरबाट लगानीमैत्री वातावरण बनउने र लगानी आकर्षित गर्न नै मैले जोड नै गरेर आठ वटा ऐन एकैपटक संशोधन गरेको हो । ता कि त्यसले एउटा सकारात्मक वातावरण बन्न सकोस् ।अब हाम्रो ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित छ । सरकारको तर्फबाट म भन्न चाहन्छु ढुक्क भएर उर्जामा लगानी गर्नुस् । तपाईंहरुको लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्नेछ’ उनले भने।