कार्तिक २८, २०८१
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन उनी जुम्ला पुगेका छन् । ओलीले समारोह सुरु हुनुपुर्व प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् । १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नो दीक्षान्त समारोह गरेको हो ।