मंसिर १३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने निश्चित भएको छ ।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको हो ।
बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको चीन भ्रमण पनि मन्त्रिपरिषद्को आजकै बैठकले स्वीकृत गरेको हो ।