औरंगाबाद, बैशाख २६ । भारतमा महाराष्ट्रको औरंगाबादमा एक मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ।
घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ।
यो दुर्घटना शुक्रबार बिहान सवा पाँच बजेतिर भएको बीबीसी हिन्दीले जनाएको छ। सबै मजदुर औरंगाबादको एक स्टील फयक्ट्रीमा काम गर्थे। उनीहरु भुसावलतर्फ जान ट्रेनको प्रतीक्षा गरिरहेका थिए।
दुर्घटना औरगंबादका कर्माड स्टेसन नजिकै भएको हो। एजेन्सी




